काठमाडौँ । हिमालयन बैंक लिमिटेडले गोंगबु शाखालाई स्थानान्तरण गरेको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएको शाखा सञ्जालहरूमध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ नपा वडा नं ८ काठमाडौंबाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको हो ।
बैंकका अनुसार यही फागुन २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन् । यसैगरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं १७ नवलपुरमा स्थानान्तरण गरी फागुन २७ गतेदेखि सेवा सुचारु गरेकोे छ ।
बैंकले हाल नेपालभरि फैलिएका एक सय ७४ वटा शाखा, २० विस्तारित काउन्टर, दुई सय ६४ वटा एटीएम छ हजार पाँच सयभन्दा बढी पस मेसिन र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।