गोदार (धनुषा) । डा. अङ्कुर साह मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका छन् । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसमा बिहीबार डा. साहलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा. साहको नाम पहिलो नम्बरमा सिफारिस गरेका थिए । प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा. साह प्रतिष्ठानका निमित्त उपकुलपति थिए । गत जेठ २५ गते प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि सो पद रिक्त थियो । रिक्त पदमा नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो । उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए ।