विराटनगर । विराटनगरबाट लामो समयदेखि सक्रियरूपमा ट्रेडिङको व्यवसायको रूपमा कारोबार गर्दै आएका केही व्यवसायीहरूले राजस्व छली गर्ने गरेको पाइएको छ । राजस्व कार्यालयले त्यस्ता केही व्यवसायीहरूलाई कारबाही चलाउने तयारी सुुरु गरेको जनाएको छ ।
विराटनगरमा रहेको व्यापारी समूहको उच्च घरानादेखि ट्रेडिङ कारोबारमा सक्रिय बन्दै आएका यहाँका काराबारीहरूलाई छिटै राजस्व अनुुसन्धान र आन्तरिक राजस्व कार्यालय समेतले राजस्व छलीमा कारबाही चलाउने तयारी गरेको हो । गोल्छा समूहदेखि विशाल ग्रुपद्वारा सञ्चालित ट्रेडिङ फर्महरू र ट्रेडिङको कारोबारमा अग्रपङ्क्तिमा रहेको कमला ग्लोवल नामको ट्रेडिङको व्यवसायी फर्मलाई पहिलो चरणमा कारबाहीको तयारी थालिएको स्रोतको दाबी छ । उल्लेखित व्यवसायी ग्रुुपका फर्महरूले विराटनगर भन्सार नाका प्रयोग गरी बाह्य डलरको भन्सार मूल्याङ्कनलाई घटाएर व्यापक ट्रेडिङको कारोबार गरेको फेला परेको हो । यस्तै, यी ट्रेडिङ फर्मबाट हाल कारोबार भएको भन्दा पनि १० देखि १५ वर्ष अगाडि गरिएका कारोबारबाट मात्रै करोडौंको मूल्यमा राजस्व तिर्नुुपर्ने देखिएको छ । राजस्व अनुुसन्धान र आन्तरिक राजस्व विभाग भएको व्यापक अनुुसन्धानपछि यी फर्महरूलाई कारबाहीका लागि पत्राचार समेत भइसकेको बताइएको छ ।
स्रोतका अनुुसार आर्थिक वर्ष ०७४/७५ मा ४० हजार मेट्रिक टन चिनीबाट सरकारले ५७ करोड ७० लाख राजस्व संकलन गरेको देखिए पनि उक्त चिनीको भन्सार मूल्याङ्कन मात्रै एक अर्ब ९० करोडको हुुने देखिँदा देखिँदै चिनी व्यापारीले ३३ करोडदेखि ४२ करोडसम्म मुनाफा गरी सरकारलाई ठूलो राजस्व रकममा छली गरेको दाबी पनि समाचार स्रोतको छ । ट्रेडिङका व्यवसायीहरूले चिनी मात्रै नभएर विगतमा मरिच, पोस्तादाना, सुुपाडीदेखि गेडागुुडीको आयातमा समेत अकल्पनीयरूपमा राजस्व छली गरेको हुुन सक्ने भन्दै विस्तृृत छानबिनको तयारी थालिएको राजस्व स्रोतले बताएको छ ।