काठमाडौं,मनि ट्रान्सफरका सञ्चालकमाथि शुक्रबार दिउसो रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।

प्रहरीले गोली प्रहार गर्ने तिन जनालाई पक्राउ गरेको पाईएको छ । उनीहरुको साथबाट हतियार बरामद गरिएको छ । लुटपाट गर्ने उदेश्यले गोली चलाएको हुनसक्ने पाइएको छ । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घाईतेहरुलाई वीरगञ्ज पठाइएको छ ।