काठमाडौँ,नेपाल प्रहरीले नक्कली नोट छाप्ने मेसिन सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बनेपा नगरपालिका-५ बेथानचोक -३ का २५ वर्षिय सविन हुमागाइ रहेका छन् ।

उनले एचएम मोबाइल केयर सेन्टर मोबाइल पसल संचालन गर्दै आइरहेका बुझिएको छ । उनको साथबाट एउटा पैसा छाप्ने मेसिन, एकहजार दरका ६९ थान, पाँच सयको एउटा नक्कली नोट र आइफोन बरामद गरिएको छ।