गोदार (धनुषा) । धनुषामा सात लाख बराबरको अवैध लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशत्र प्रहरी बल ८ नं गणबाट शनिबार खटिएको टोलीले धनुषाको विभिन्न स्थानबाट लत्ताकपडा र स्याउलगायतका सामग्री बरामद गरेको हो ।
गणका प्रहरी उपरीक्षक सुदर्शन गिरीले भारतबाट भन्सार छली लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गण तथा मातहतका निकायबाट खटिएको सशस्त्र प्रहरीका टोलीले उक्त सामग्री बरामद गरेको जानकारी दिए ।
ओसारपोसारमा प्रयोग भएको एउटा मोटरसाइकल समेत प्रहरीले कपडासँगै बरामद गरेको छ । प्रहरीले बरामद गरिएको कपडा र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको जनाएको छ ।