काठमाडौंँ,अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)का अध्यक्ष ग्रेग बार्क सोमबार नेपाल आएका छन् । उनी सामबार बेलुका ४ बजे नेपाल लाएका हुन । उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का स्वागत गर्न विमानस्थल पुगेका थिए ।
उनको नेपाल भ्रमण ८ दिनको रहने भएको छ । उनले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री,अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ । सँगै उनले नेपालले २०२७ मा आईसीसी युमन्स यु(१९) विश्वकम आयोजना गर्ने भएको र त्यसका लागि नेपालमा खेलकुद पूर्वाधार के छन भन्ने कुरा पनि अध्ययन गर्ने बुझिएको छ ।