काठमाडौं,सुन तस्करी आरोपमा जीवन चलाउनेको कम्पनीमा लगानी गरेका बैंकहरुको १ अर्बभन्दा बढी रकम संकटमा परेको छ । सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेको चलाउनेले बैंकबाट लिएको १ अर्बभन्दा बढी कर्जाको साँवा तथा ब्याजसमेत नतिरेको पाइएको छ ।
तीन वाणिज्य बैंकले मस्टा गु्रप अफ कम्पनीमा गरेको १ अर्बभन्दा बढी कर्जा चलाउनेले नतिरेपछि बैंकहरुले धितो लिलाम गरेका छन् । नेपाली सेनालाई खाद्यान्न उपलब्ध उराउने ठेक्का पाएका पाएका चलाउनेले खाद्यान्न व्यवसाय गर्दा तीन बैंकबाट १ अर्बभन्दा बढी कर्जा लिएको पाइएको छ । उनलाई प्रभु बैंक(साविकको सेन्चुरी बैंक) ले स्थिर सम्पति र मस्टा गु्रप प्रालिको स्वामित्वमा रहेको चालु सम्पत्तिको हाइकोथिकेसन सुरक्षण समेतका आधारमा चलाउनेको मस्टा ग्रुपमा कर्जा लगानी गरेको थियो । सोही कम्पनीलाई लक्ष्मी सनराईज बैंक (साविकको सनराईज बैंक) र हिमालयन बैंक (साविकको सिभिल) बैंकले समेत कर्जा दिएका छन् ।