काठमाडौं । माउन्टेन ड्युले ग्रीष्मकालीन प्रचार अभियानको थालनी गरेको छ । कम्पनीले ‘डरको अगाडि जित छ’ भन्ने मूल मन्त्रलाई नै निरन्तरता दिँदै अनुप विक्रम शाहीको साथमा प्रचार अभियानको सुरुवात गरेको हो ।
कम्पनीले अत्यन्त रमाइलो प्रचार अभियान बनाएको दाबी गरेको छ । कम्पनीको प्रचार अभियानको दृश्यहरू एसएफएक्सद्वारा दर्शाइएको छ भने गीतमा गायक तथा गीतकार धर्मेन्द्र सेवानले स्वर दिएका छन् । पेप्सीको नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले यस प्रचार अभियानले नेपाली युवाहरुसँग कम्पनीलाई जोडिन सहयोग पुग्ने बताए । नयाँ माउन्टेन ड्युको प्रचार अभियान र विज्ञापन टिभी च्यानलहरूलगायत डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरूमा व्यापकरूपमा सञ्चालन गरिने कम्पनीले जनाएको छ । माउन्टेन ड्युको एकजना वा धेरैलाई पुग्ने सर्भ प्याकहरू आधुनिक एवम् परम्परागत खुद्रा पसलहरूका साथसाथै अग्रणी इ–कमर्स प्लेटफर्महरूमा पनि उपलब्ध छन् ।