काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन छ दशमलव २४ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने तीन दशमलव ३४ अंकले ओरालो लागेर दुई हजार ६३ दशमलव ९५ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३६ अंकले ओरालो लागेर तीन सय ६८ दशमलव शुन्य तीन बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज तीन सय पाँच वटा कमपनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ६० हजार १६ पटकको कारोबारमा ९४ लाख ४५ हजार छ सय ९७ पटकको कारोबारमा तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैंयाँको सेयर किनबेच भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहको सुचक ओरालो लागेका छन् ।