बेलायत । बैंक अफ इङ्गल्याण्डको दर निर्धारण निकाय मौद्रिक नीति समिति (एमपीसी)ले लगातार पाँचौँ पटक ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । एमपीसीको आठ–एकको बहुमतले पाँच दशमलव २५ प्रतिशतमा ब्याजदर कायम राख्ने निर्णय गरेको हो । यो दर १६ वर्षयताकै उच्च हो ।
बैंक अफ इङ्गल्याण्डका गभर्नर एन्ड्रयू बेलीले भने ‘हालका हप्ताहरुमा, हामीले मुद्रास्फीति घट्दै गएको थप प्रोेत्साहनजनक संकेतहरु देख्यौँ ।’ उनले अझै ब्याजदर घटाउन सक्ने विन्दुमा नरहेको बताएका छन् । उनले भने, ‘हामीले आज फेरि दरहरु पाँच दशमलव २५ प्रतिशतमा राखेका छौँ किनभने हामी निश्चित हुन आवश्यक छ कि मुद्रास्फीति हाम्रो दुई प्रतिशतमा फर्किनेछ र त्यहाँ रहन्छ ।’
गत महिना मुद्रास्फीतिको सीपीआई मापन तीन दशमलव चार प्रतिशतमा झरेको एक दिनपछि केन्द्रीय बैंकले यस्तो निर्णय गरेको हो । अर्थशास्त्रीहरुले तीन दशमलव पाँच प्रतिशतमा आउने अपेक्षा गरेका थिए ।
सेप्टेम्बरदेखि, बैंकदर पाच दशमलव २५ प्रतिशतमा राखिएको छ किनभने मुद्रास्फीति सुस्त भएको छ जसले गर्दा धितो राख्नेहरुलाई बोझ कम गरेको बताइएको छ ।