काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही चैत्र २९ गते काभ्रेको नमोबुद्ध बैङ्क्वेटमा आफ्नो १०औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार आठ सय २१ रुपैयाँमध्येबाट शून्य दशमलव २८ प्रतिशतका दरले हुन आउने ११ लाख २४ हजार आठ सय ४८ रुपैयाँ बराबरको नगद लाभांश र पाँच दशमलव ४२ प्रतिशतका दरले हुन आउने दुई करोड १३ लाख ७२ हजार ७१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि संस्थाको यही चैत्र १९ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।