काठमाडौं । ग्लोबल मनी विक–२०२४ को अवसरमा समृद्धि फाइनान्सले वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ । फाइनान्सले चैत्र सात गते बुधबारको दिन जनकपुर शाखा, खरेन्द्रपुर शाखा, इटहरी शाखा र औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो जानकारी दिएको छ ।
प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर भन्ने मूल नाराका साथ जनकपुर शाखाबाट मोडल कलेज, जनकपुर–४का बीबीए फस्ट सेमेस्टारका ५० जना विद्यार्थीलाई, खरेन्द्रपुर शाखाबाट क्वालिटी एजुकेसनका ४० जना युवा, इटहरी शाखाबाट सिमरवन राधाकृष्ण महिला समूहका २५ जना महिलालाई र औरही शाखाबाट बिजुलपुर बजारका २० जना स्थानीय बासिन्दालाई वित्तीय साक्षरता दिइएको थियो । अनावश्यक खर्चहरूलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषयमा प्रस्तुतीकरण गरिएको थियो । ग्लोबल मनी विक २०२४ को अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरूबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
फाइनान्सले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ । यसबाहेक आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको जानकारी फाइनान्सले दिएको छ ।