काठमाडौं । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) ले शुक्रबार विद्यार्थीहरूको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको छ । ग्लोबल मनि विक २०२४ को उपलक्ष्यमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एमबीए अध्ययनरत विद्यार्थीहरूलाई सन सेक्युरिटिज प्रालिले ब्रोकर अफिस भिजिट कार्यक्रम सञ्चालन गरेको हो ।
यस अवसरमा त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट तथा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टअन्तर्गत एमबिए तहमा अध्ययनरत विद्यार्थीहरूलाई सन सेक्युरिटिजको अफिस अवलोकन भ्रमण कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा सन सेक्युरिटिजले प्रदान गर्ने कारोबार सेवा तथा डिम्याट खाता सेवाका साथै ब्रोकर अफिसअन्तर्गत आन्तरिकरूपमा सञ्चालन हुने विभिन्न विभाग तथा सोअन्तर्गत सञ्चालन हुने विभिन्न कार्यहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी दिइएको थियो ।
पुँजीबजारअन्तर्गतको एक अभिन्न क्षेत्रको रूपमा रहेको ब्रोकर व्यवसाय विस्तारै थप व्यावसायिक तथा प्रतिस्पर्धी बन्दै गएको अवस्थामा सन सेक्युरिटिज प्रालिको अत्याधुनिक कारोबार स्थलमा बसेर कारोबार गर्ने लगानीकर्ताहरूले सुरक्षितरूपमा लगानी गर्न सक्ने गरी भौतिक पूर्वाधार तयार गरेको जसमा लगानीकर्ताहरूले चार घण्टाको समय कारोबार गर्न फराकिलो एवं सहज कारोबार स्थल, चिया कफिका लागि क्याफे सेवा तथा आफैँले कारोबार गर्न नजान्ने लगानीकर्ताहरूका लागि खरिद बिक्री गर्न अनुभवी ट्रेडिङ कर्मचारीलगायतको सुविधा प्रदान गर्नुका साथै आफैँले खरिदबिक्री गर्ने लगानीकर्तालाई निःशुल्क इन्टरनेट सेवा एवं पुँजीबजार तथा लगानी सम्बन्धमा अध्ययन गर्ने विभिन्न स्रोत सामाग्री तथा पुस्तकहरू समेत प्रदान गरिरहेको जानकारी सन सेक्युरिटिज प्रालिका अध्यक्ष श्री कृष्ण गिरीले विद्यार्थीहरूलाई जानकारी गराए ।