काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)ले दाबी भुक्तानीलाई सरलीकृत गर्दै लगेको छ । नेपालको निर्जीवन बीमा क्षेत्रमा दशकौंदेखि स्थापित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र पिनाकल टे«डिङ कन्र्सन प्रालि÷पिनाकल सर्भिस सेन्टरबीच नगदरहित बीमा दाबीसहितको बीमा कारोबार गर्न द्विपक्षीय सम्झौता भएपछि दाबी भुक्तानी सरलीकृत भएको हो ।
सम्झौताबाट पिनाकल ट्रेडिङ कर्न्सन प्रालिमार्फत सवारी साधन खरिद गर्ने सवारी धनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो सवारी साधनको व्यापक बीमा गराएको अवस्थामामा सो सवारी साधन दुर्घटनामा परी क्षति भएमा बीमितले आफ्नो सवारी मर्मत गर्दा लाग्ने खर्चबापतको क्षतिपूर्ति रकम नगदरहित बीमा दाबी क्षतिपूर्ति सेवाअन्तर्गत प्राप्त गर्ने छन् । जसबाट ग्राहकले विनाझन्झट आफ्नो बीमालेखबाट प्राप्त हुने रकमबाहेकको रकम मात्र मर्मत केन्द्रमा भुक्तानी गरी मर्मत गरिएको सवारी साधन लिएर जान सक्ने सुविधा प्राप्त गर्नेछन् । सम्झौतामा पिनाकल ट्रेडिङ कन्र्सन प्रालि÷पिनाकल सर्भिस सेन्टरको तर्फबाट ईश्वर कुमार श्रेष्ठ तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।