काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित पाँच जनालाई दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएकामा २२ जनाले सफाइ पाएका छन् भने पाँच जना दोषी ठहर भएका हुन् ।