काठमाडौँ । निजी क्षेत्रको श्री एयरलाइन्सले ८० सिट क्षमताका थप दुई जहाज काठमाडौँ अवतरण गराएको छ । एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ ।
श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको जानकारी दिए। ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर थपिएका दुवै जहाज चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरले बताए । योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध छन् । कम्पनीका हाल आठ हेलिकोप्टर पनि सञ्चालनमा छन् ।