काठमाडौं,अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयभित्र मनलयको कार्यभार समालेको तीन सातापछि कर्मचारीहरु फेरबदल गरेका छन् । पुनले आन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक फेर्नुका सार्थ महाशाखा प्रमुख पनि परिवर्तन गरेका हुन । आन्तरिक राजस्व भन्सार विभाग मन्त्रालय मातहतका शक्तिशाली निकाय मानिन्छन् ।
सहसचिव शिवलाल तिवारीलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ । तिवारीलाई महानिर्देशकको जिम्मेवारी दिनकै लागि यसअघिका अर्थमन्त्री डा.प्रकाशशरण महतले २ महिनाअघि मात्र महानिर्देशक बनाएका भूपाल बराललाई पुनले मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा गराएका थिए । भन्सार विभागमा ढुण्डीप्रसाद निरौलालाई मानिर्देशक बनाइएको छ । यसअघिका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ । तालिम केन्द्र प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ ।
मन्त्री पुनले तिवारी,निरौला र नारायणप्रसाद सापकोटालाई मन्त्रीपरिषद्को पछिल्लो बैठकबाट अर्थमा ल्याएका थिए । अर्थमन्त्री पुनले महाशाखाको नेतृत्व रितेशकुमार शाक्यलाई दिएका छन् । शाक्यको सरुवापछि व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मालाई दिइएको छ । अर्थमन्त्री पुनले यसरी कर्मचारिहरु व्याप्क रुपमा फेरबदल गरेपछि बिभिन्न महाशाखा प्रमुख पनि परिर्वतन भएका हुन ।