काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले एक वर्षमा ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको छ । संघले आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् सो संख्यामा आँखा जाँच तथा उपचार गरेको जानकारी दिएको हो ।

सङ्घले ४६औं नेत्रज्योति दिवसका अवसरमा मंगलबार पत्रकार सम्मेलन गरी सन् २०२३ मा आठ लाख पाँच हजार विदेशीसहित ३३ लाख छ हजार २६ जनाको स्वास्थ्योपचार गरेको जनाएको छ ।