काठमाडौं, जेठ २६
आशा लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा दुुई करोड ९० लाख २६ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले एक करोड ४५ लाख ५५ हजार रूपैयाँ खुुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी २३ करोड २२ लाख ८८ हजरा रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ७३ करोड तीन हजार आठ सय ३० रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब २६ करोड ४७ लाख १७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १० करोड ६४ लाख १४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थाको प्रोभिजन रकम छ करोड ९४ लाख ५२ हजार रूपैयाँ रहेको संस्थामा चार दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । संस्थाले गत आवको सोही अवधिमा भने ४० करोड १७ लाख ५५ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५८ करोड १९ लाख ४४ हजार रूपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ८१ लाख ६५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थामा दुुई दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।