काठमाडौं । काठमाडौंको तीनकुनेस्थित ‘तीनकुने टोलसुधार समिति’ र ‘हिमालयन ह्वाइट हाउस स्कुल’को संयुक्त आयोजनामा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ । तीनकुने टोलसुधार समितिको सक्रियतामा हरेक वर्ष रक्तदान कार्यक्रम गरिँदै आएको र यस वर्ष पनि विभिन्न स्वास्थ्य सेवासहित कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष विश्वराज कार्कीले जानकारी दिए ।
कार्यक्रममा एक सय ३५ जना व्यक्तिले रक्तदान गरेका छन भने करिब आठ सय जनाले स्वास्थ्य परीक्षण गराएको अध्यक्ष कार्कीले जानकारी दिए । आँँखा, दाँत, स्त्रीरोग, थाइराइड, युरिकएसिड, कोलस्ट्रोल, जनरल फिजिसियन र रक्त परीक्षणको प्याकेजलगायतको निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइएको कार्कीले जानकारी दिए ।
कार्यक्रम मूल आयोजक कमिटीका संयोजक कृष्णप्रसाद पाण्डेले फ्रन्टलाइन हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा अल्का केयर, आमा बहुद्देश्यीय सहकारी संस्था स्याङ्जा विर्घा, होस्टेल व्यवसायी संघ, काठमाडौं नेपाल, कान्तिपुर डेन्टल हस्पिटल र दृष्टि आँखाले सहयोग गरेको पाण्डेले जानकारी दिए ।