काठमाडौँ । गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई विशेष अदालतले थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ ।
अदालतका प्रवक्ता धनबहादुर कार्कीले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको जानकारी दिए ।
गत माघ १० गते नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।