काठमाडौं, जेठ २६
नेपाल धितोपत्र बोर्डको २८औैं वार्षिकउत्सव कार्यक्रम सम्पन्न भएको छ । वार्षिकउत्सवका अवसरमा बोर्डले गरेको भच्र्युुअल बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युुवराज खतिवडाले सेयर बजार लामो समयसम्म बन्द हुुन नहुुने भन्दै त्यसलाई खुुलाउने पक्षमा चाफू रहेको बताए । सधैँ सेयर बजार बन्द हुुँदा यसको नकारात्मक असर सबै क्षेत्रमा पर्छ, यस अर्थमा पनि सेयर बजार सधैँ बन्द हुुनुहुँदैन, अब विश्व स्वास्थ संगठनले तोकेको मापदण्ड पूरा गरेर बजार खुलाउनु पर्छ, अर्थमन्त्री डा. खतिवडाले भने ।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले लगानीकर्ताहरूलाई सुुझबुुझका साथ सेयर बजारमा लगानी गर्न आग्रह गरे । अहिले सिंगो मुुलुक कोरोना भाइरस (कोभिड १९) महामारीको सम्भावित जोखिम न्यूनीकरण र सम्भावित संक्रमणको रोकथामको लागि लकडाउनमा गएको भन्दै यो अवस्थामा कोरोना भाइरससँग लड्दै सबैजसो आर्थिक क्रियाकलापलाई सुचारु राख्नुपर्छ, उनले भने ।
सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी अधिकारीले नेपालको सेयर बजार परिपक्व हुुने समय लाग्ने बताए । सेयर बजारको विकास र विस्तारको लागि अझै धेरै काम गर्न बाँकी रहेको छ, यो अवस्थामा सेयर बजार पूर्णरूपमा परिपक्व हुुन अझै निकै समय लाग्छ, गर्भनर अधिकारीले भने । नेपाल राष्ट्र बैंकका हरेर नीतिहरूले सेयर बजार प्रभावित रहने भन्दै गर्भनर अधिकारीले आगामी आर्थिक वर्षको मौैद्रिक नीतिमा सेयर बजारमा देखिएका समस्याहरूलाई समाधान गर्न नीतिगतरूपमा व्यवस्था गर्ने समेत जानकारी दिए ।
सोही कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले अहिले सबैजसो स्थानीय तहमा बीमाको पहुँच विस्तार भएको भन्दै बीमामार्फत जम्मा भएको रकमलाई दोस्रो बजारमा लगानी गर्नसक्ने वातावरण बनाउन बोर्डलाई आग्रह गरे । पछिल्लो समय बीमाको पहुँच विस्तार बढेको र बैंकहरूको पहुँच नपुुगेको क्षेत्रहरूमा समेत बीमाको पहुँच विस्तार भएको छ, यो अवस्थामा बीमामार्फत जम्मा भएको रकमलाई सेयर बजारमा लगानी गर्ने वातावरण बनाउनुु पर्छ, समितिका अध्यक्ष चापागाईले भने ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कोभिड १९ का कारण चैत ११ गतेदेखि नै सेयर बजार बन्द भएको र यो अवस्थामा सेयर लगानीकर्ता तथा कारोबारीहरूलाई पनि अप्ठ्यारो परेको भन्दै अब छिटै आवश्यक सुरक्षा अपनाएर बजार खुुलाउने बताए । सोही कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कोरोना भाइरस (कोभिड १९)को महामारी छिटै अन्त्य नहुँंदा यसको लागि अपनाइएको सुरक्षात्मक विधि लकडाउन लामै समयसम्म कायम रहन सक्ने देखिएकाले आवश्यक सुरक्षा सतर्कर्ता अपनाएर सेयर कारोबार खुल्ला गर्ने बताए ।