काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले सेगवेका ई–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको छ । कम्पनीका अनुसार चैत १९ देखि आगामी वैशाख १८ गतेसम्म यो योजना सञ्चालन गर्न लागिएको हो ।
यस योजना अवधिभित्र खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुट पाइनेछ । साथै, क्लब हिमालय नगरकोटमा एक रातको बसाइ जित्ने मौका पनि रहेको छ । नयाँ वर्षको विशेष अफरमा ग्राहकहरूले चयन गर्ने सेगवे ई–स्कुटरका मोडेलहरूमा १५ हजारदेखि २५ हजार रुपैयाँसम्मको नगद छुट पाउने भएका छन् । कम्पनीका अनुसार ई१२५ र ई११०एल मा २५ हजार रुपैयाँसम्म, ई१०० मा २० हजार रुपैयाँसम्म र एन१०० मा १५ हजार रुपैयाँसम्म नगद छुट पाइने भएको हो । उपत्यकाभित्रका राइजिङ मल, दरबारमार्ग, झम्सीखेल, ललितपुर र सल्लाघारी–भक्तपुर लगायत उपत्यकाबाहिरका पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, इटहरी र लहानमा सोरुममा गई यो योजनाको फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।