काठमाडौं । लक्ष्मी सनराइज बैंकले लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको छ । बैंकले समावेशिता, समानता र सशक्तीकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्धतालाई जोड दिँदै ‘स्पार्क २४ः इम्पावरिङ वुमन इन लिडरसिप–इन्स्पायर इन्क्लुजन’ कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग सदस्य लिली थापा, अन्तर्राष्ट्रिय मुद्रा कोष आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल, भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठकलगायतका वक्ताहरूले महिला नेतृत्व र सशक्तीकरणको बारेमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यावसायिक विकास तथा मानसिक एवम् शारीरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताएका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार नेपाली बैंकहरूको समग्र महिला कर्मचारी टनओभर रेसियो सात प्रतिशत रहेकोमा लक्ष्मी सनराइज बैंकको एक प्रतिशतभन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने प्रयास सकारात्मक परिणाम भएको बैंकले जानकारी दिएको छ ।