टेक्सास । अर्बपति एलोन मस्कको विद्युतीय गाडी उत्पादन गर्ने कम्पनी टेस्लाको त्रैमासिक बिक्री चार वर्षयता पहिलो पटक घटेको छ । यस वर्षको तीन महिना (जवनरी १ देखि मार्च ३१ सम्म)मा करिब तीन लाख ८६ हजार आठ सय १० वटा सवारीसाधन बिक्री गरेको छ । जुन अघिल्लो त्रैमासिकको तुलनामा २० दशमलव दुई प्रतिशत कम हो ।
टेस्सालले जनवरी १ देखि मार्च ३१सम्म चार लाख ३३ हजार तीन सय ७१ सवारीसाधन उत्पादन गरेको छ । यो तीन महिनामा टेस्लाले औसतमा चार लाख ५४ हजार दुई सय सवारी साधनहरु डेलिभर गर्ने अपेक्षा गरिएको थियो । जुन अपेक्षा पूरा भएन । इलेक्ट्रिक अटोमेकरको डेलिभरी एक वर्षअघिको तुलनामा आठ दशमलव पाँच प्रतिशत घटेको छ ।