तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले त्यसका लागि अपराह्न ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको बताए ।
दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोहीअनुसार मुख्यमन्त्री चौधरीले बिहीबार विश्वासको मत लिन लागेको हो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।