काठमाडौं । लगातार पाँचौं कारोबार दिन पनि सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको सुरुवाती कारोबार दिन देखि नैं ओरालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि दुई दशमलव ७३ अंकले ओरालो लागेर दुई हजार चार दशमलव शुन्य पाँच बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३४ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय दुई वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ५६ हजार तीन सय २१ पटकको कारोबारमा ६९ लाख ६३ हजार तीन सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार तीन सय सात रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा र ट्रेडिङ उपसमुहहरुको सुचक उकालो लागेका छन् । यि बाहेक बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक भने आज ओरालो लागेका छन् ।