काठमाडौं । नेपाल टेलिकमले कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गरी फाइबर प्रविधिमा स्तरोन्नति गरेको छ । कम्पनीले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण स्थानहरूमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पीएसटीएन) सेवालाई फाइबर टू दि होम (एफटीटीएच) प्रविधिमा स्तरोन्नति गरेको हो ।