काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिट्न्सप्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेबाट सुरु भएको यो अफर दुई महिनासम्म रहने छ । यस अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राममार्फत पठाएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस पाउन सक्नेछन् ।
मनिग्रामबाहेक अन्य रेमिट्यान्स सेवाहरू अल अन्सारी, ईजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ । आइएमई पे’मार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।