काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यही चैत ५ देखि ११ गतेसम्म ग्लोबल मनी विक–२०२४ उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कम्पनीले वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालयलगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरूले युवा लक्षित वित्तीय साक्षरतासम्बन्धी विशेष कार्यक्रमहरू सञ्चालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो । संस्थामा आबद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन ग्लोबल मनी विक–२०२४ ले तय गरेका विषयवस्तु तथा नाराहरूमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १८ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ ।