काठमाडौँ जेठ २७
एभरेष्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ३५ करोड २४ लाख ५३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब २१ करोड ४० लाख ५४ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ५१ करोड दुुई लाख सात हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ४० अर्ब चार करोड २७ लाख नौ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब १४ अर्ब ५९ करोड ९१ लाख १४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार अर्ब ३४ करोड ८३ लाख ८६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेका बैंकमा शून्य दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने एक खर्ब २९ अर्ब ५४ करोड ८१ लाख ५३ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ६४ करोड ४२ लाख २० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब १० करोड ६२ लाख ८७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।