काठमाडौँ जेठ २७
महिला सहयात्रा लघुुवित्त वित्तीय संस्थाले विपन्न समुदायलाई सहयोग गरेको छ । संस्थाले लकडाउनको कारणबाट प्रभावित विपन्न समुदायहरूलाई पाँच लाख ५६ हजार तीन सय ३० रूपैयाँबराबरको राहत सहयोग गरेको हो । चित्लाङ मकवानपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको विभिन्न शाखाले उक्त रूपैयाँबराबरको राहत सहयोग गरेको जानकारी दिएको छ ।
संस्थाले असार मसान्तसम्मका लागि कर्जामा ३ प्रतिशत ब्याज छुुट दिएको जानकारी दिएको छ । संस्थाले लकडाउनको अवस्थालाई मध्यनजर गरी ग्राहकमैत्री कर्जा नीति ल्याउनुका साथै विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्दै आएको छ । संस्थाले हाल ३४ वटा शाखामार्फत झण्डै ३५ हजार सदस्यहरूलाई लघुुवित्तसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४६ लाख दुुई हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ८९ लाख ४८ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १२ करोड १० लाख रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३७ करोड ९८ लाख ५४ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४४ करोड ६० लाख ५८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड १९ लाख ६० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ६७ लाख १० हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले २६ करोड ६४ लाख ४६ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब १३ करोड ३३ लाख ३३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ७१ लाख १७ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ८९ लाख ४८ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपाात दुुई प्रतिशत रहेको थियो ।