काठमाडौँ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बिहान ८ बजे बस्ने भएको छ । पार्टी कार्यालयले बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने जनाएको छ ।