काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकहरूलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरू प्रदान गर्ने भएको छ ।
बजाजको ‘नव आरम्भ’ योजनाअन्तर्गत बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाइनेछ भने भाग्यशाली विजेताहरूले एक लाख रुपैयाँसम्मको नगद उपहार पनि जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरूले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् । यसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउनेछ । त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरूसँग उपलब्ध हुने कम्पनीले जनाएको छ ।