काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जिव बराल नियुक्त भएका छन् । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीस्तरीय निर्णयले बराललाई महानिर्देशक बनाउने निर्णय गरेको हो । महानिर्देशक बरालले पद बहाल गरिसकेका छन् ।
सिँचाइ क्षेत्रमा केही नयाँ गर्ने जोस भएका बरालको नियुक्तिले परिवर्तनको आशा जगाएको छ ।
महानिर्देशक बन्नुअघि विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका बरालसँग केही परियोजनाका कामहरु तोकिएको समयसीमाभित्रै सम्पन्न गरेको अनुभव छ । उनी सिँचाइ क्षेत्रमा परम्परागत विकासलाई भन्दा नयाँ प्रविधिलाई आत्मसात्् गरेर अगाडि बढाउने पक्षमा छन् ।
भेरीबबई डाइभर्सन आयोजनाको प्रमुख भएर तोकिएकै समयमा सुरुङमार्गको ब्रेक–थ्रु गराउन सफल बरालले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको रुपमा पनि काम गरिसकेका छन् । उनी सचिव भएको बेला बागमती प्रदेशका सबै जिल्लामा सडकलगायतका पूर्वाधार विकासमा धेरै पुँजीगत खर्च भएको थियो ।