काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबीआई ऋणपत्र २०९०’ निष्काशन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौतापत्रमा नेपाल एसबीआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पण्डा र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् । नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋणपत्र निष्काशन गरिने बैंकले जनाएको छ ।
बैंकले हाल सबै क्षेत्रमा गरी कुल ९७ वटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय तथा एउटा कर्पोरेट अफिसका साथै एक सय २१ एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।