काठमाडौं, जेठ २८
कर्णाली डेभलमेन्ट बैंक खुुद नोक्सानीमा गएको छ । क्षेत्रीयस्तरको विकास बैंकको रूपमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा ३८ लाख ४९ हजार सात सय ५६ रूपैयाँले खुद नोक्सानी बेहोरेको हो । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ६६ लाख ५९ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रूपैयाँ रहेको बैंकले चालू आवको पछिल्लो नौ महिनामा तीन अर्ब ६५ करोड २२ लाख ६६ हजार तीन सय ४९ रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ५४ करोड ४० लाख सात हजार ९४ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा चार करोड ३३ लाख १९ हजार तीन सय ४६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा हाल शून्य दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने तीन अर्ब ३७ करोड २७ लाख ११ हजार दुई सय ७५ रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब १५ करोड ९९ लाख ७५ हजार सात सय ७२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ५६ लाख ५९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।