काठमाडौं । पेय पदार्थ कोका–कोलाले गर्मीे महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेनअन्तर्गत ग्राहकहरूले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ ।
‘ड्रिंक एन्ड विन’ क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबी (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्को मुनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् । कम्पनीको यो योजनामार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ । ‘ड्रिंक एन्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका एक सय ७५ एमएल र दुई सय ५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहने कम्पनीले जनाएको छ ।