भारत,, जेठ २८
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको मंगलबार कोभिड–१९ परीक्षणका लागि नमूना संकलन भएको छ । आइतबारदेखि हल्का ज्वरो र घाँटी दुख्ने समस्याजस्ता कोभिड–१९ का विरामीसँग मिल्ने लक्षणहरू देखिएपछि केजरीवाल सोमबारदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । उनीण् समुदायबाट अलग बसेका छन् ।
आइतबार दिउसो ज्वरो आएपछि ५१ वर्षीय केजरीवालले तत्कालका सार्वजनिक बैठकका कार्यक्रमलाई स्थगित तथा रद्द गरेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा मंगलबारसम्ममा २९ हजार ९ सय ४३ व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् भने ८ सय ७४ संक्रमित व्यक्तिको मृत्यु भएको छ । दिल्लीमा उपचारपछि घर फर्किने विरामीको सङ्ख्या ११ हजार ३५७ रहेको छ भने हाल १७ हजार ७१२ संक्रमित व्यक्तिले विभिन्न अस्पतालहरूमा सेवा लिइरहेका छन् ।