चौतारा (सिन्धुपाल्चोक) । तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ चीनबाट आयात गरिएको रासायनिक मल धमाधम ढुवानी भइरहेको छ ।
कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ । करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौँतर्फ ढुवानी भएको हो ।
तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौँ पुगेको जनाउदै तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीखे बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौँ पुग्ने बताए ।