काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरूलाई लक्षित गरी नेपाल एसबीलाई मर्चेन्ट बैंकिङ लिमिटेडले डिम्याट तथा मेरो सेयर खाता खोल्न यही मिति २०८१ जेष्ठ मसान्तसम्मका लागि निम्नबमोजिमका बम्पर छुटसहितका योजनाहरू सार्वजनिक गरेको छ ।
यस्ता खाताहरूको सहज पहुँचले विद्यार्थीहरूलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पुँजीबजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीहरूमा सानै उमेरदेखि जागरूप गर्ने विश्वास कम्पनीले लिएको छ । उल्लेखित छुटसहितका सेवा प्राप्त गर्नका लागि नेपाल एसबीआई बैंकका शाखाहरू तथा नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिने कम्पनीको भनाइ छ ।