काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालनको क्षेत्रमा प्रतिष्ठित कम्पनी फाइनान्स फ्रेन्ड प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
एक कार्यक्रमबीच यस समझदारी पत्रमा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स फ्रेन्डका तर्फबाट अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका हुन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।