काठमाडौं । सेयर बजार परिसुुचक (नेप्से) पुन ओरालो लागेको छ । अघिल्लो दिन १२ दशमलव २९ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार १५ दशमलव ४१ अंकले ओरालो लागेर एक हजार नौं सय ६९ दशमलव शुन्य दुई बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८० अंकले ओरालो लागेर तीन सय ४७ दशमलव ९५ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ३८ हजार पाँच सय ५२ पटक सेयर किनबेच भएको छ । जसबाट ५६ लाख ५६ हजार दुई सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब पाँच करोड ८३ लाख पाँच हजार एक सय ८५ रुपैंयाँमा कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।