काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आसन्न दशौँ परिषद्को निर्वाचनमा रजिस्टर्ड अडिटर्सहरूको समूहमा नेपाल अडिटर्स एसोसिएसन (अडान) ले चार जना उम्मेदवारहरू घोषणा गरेको छ ।
अडानले आइक्यानको तृतीय उपाध्यक्षमा झलकमणि लम्साल, उपाध्यक्षमा प्रदीपकुमार यादव, उपमहासचिवमा भरतकुमार श्रेष्ठ र हरिबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ । आगामी जेठ २५ गते हुने निर्वाचनमा उपत्यकाबाहिर चाँडै नै हुलाकबाट मतपत्र पठाइने कार्यक्रम रहेको छ । उक्त चारै जना उम्मेदवारहरूले काठमाडांै उपत्यकामा उपलब्ध केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिमा हर्षोल्लासका साथ आइक्यानमा उम्मेदवारी दर्ता गराएका छन् ।