काठमाडौं । सेयर बजारमा झिनो अंकले सुधार देखिएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार बजार परिसुचक (नेप्से) शुन्य दशमलव १५ अंकले उकालो लागेर एक हजार नौं सय ६९ दशमलव १७ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६० अंकले उकालो लागेर तीन सय ४८ दशमलव ५५ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १३ वटा कम्पनीहरुको ३६ हजार चार सय ८३ पटक सेयर किनबेच भएको छ । जसबाट ७२ लाख ८४ हजार दुई सय ७२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार नौं सय ९८ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स र उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।