क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभाबाट संस्थापक समूहको तर्फबाट निर्विरोरूपमा निर्वाचित ऋषिराज मोरलाई यही चैत १९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।
अध्यक्ष पदमा चयनपश्चात, कम्पनीका अध्यक्ष ऋषिराज मोरले वैशाख १२ गते बुधबार नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । सपथग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीलगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीको समेत उपस्थिति रहेको थियो ।