काठमाडौं, कर्णाली डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई करोड ८८ लाख सात हजार पाँच सय ९५ रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा बढी हो । गत आवको सोही अवधिमा बैंकले एक करोड ७३ लाख ३४ हजार नौ सय ३८ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा चार अर्ब ६८ करोड ७३ लाख ८३ हजार नौ सय ३० रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४० करोड ४६ लाख ५८ हजार ४४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ३१ लाख पाँच हजार ४२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा दुई करोड ५१ लाख ३४ हजार आठ सय १७ रुपैयाँ रहेको बैंकमा चार दशमलव ९६ प्रतिशत स्प्रेडदर रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले चार अर्ब ४९ करोड एक लाख ३१ हजार चार सय ३३ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३९ करोड २९ लाख चार हजार सात रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड १९ लाख २० हजार तीन सय ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव २६ प्रतिशत कर्जा खराब रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९४ प्रतिशत रहेको थियो ।