काठमाडौँ, जेठ २९
राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्थाले झण्डै एक करोड रूपैयाँ खुद मुनाफा कमाएको छ । संस्थाले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा ९६ लाख ५५ हजार चार सय १० रूपैयाँ खुद मुनाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा भने संस्थाले २६ लाख १९ हजार रूपैयाँ खुद नोक्सानी बेहोरेको थियो । हाल चुक्ता पुँजी १७ करोड ५० लाख रूपैयाँ रहेको संस्थाले चालू आवको पछिल्लो नौ महिनाको अवधिमा ६१ करोड ६२ लाख ६५ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ५३ लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ करोड ७५ लाख २० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकमम ६७ लाख १५ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४२ प्रतिशत रहेको छ । संस्थाले गत आवको सोही अवधिमा भने ४४ करोड ३२ लाख ६१ हजार रूपैयाँ निक्षेप संकलन गरी ९५ करोड तीन लाख १५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८९ लाख ९७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।