काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुन राज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।
सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका खनियाँले बैंकका विभिन्न शाखाहरू, विभागहरू एवम् इकोसिस्टमहरूमा काम गरी २० वर्षभन्दा लामो अनुभव सँगालेका छन् । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षकको रूपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रूपमा नियुक्त भएका थिए । तत्पश्चात यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरूमा प्रमुखको रूपमा नेतृत्वदायी भूमिकामा रही बैंकको व्यावसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिएका खनिया हाल बैंकको प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।